जानकी नवमीको अवसरमा राष्ट्रपति भण्डारी जानकपुर जाँदै

रिपोर्ट नेपाल | 2019 May 13 | 07:48 am 3156

काठमाडौं, वैशाख ३०: जानकी नवमीको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारी सोमवार बिहान ९ बजे जनकपुरधाम जाने भएकी छन् ।

राष्ट्रपति भण्डारी हेलिकोप्टर मार्फत संघिय प्रहरी ईकाई कार्यालयमा जाने छन् । त्यसपछि उनी सोझै जानकी मन्दिरमा पुगेर पुजा गर्ने कार्यक्रम रहेको छ । मन्दिरमा भगवानको पुजापछि उनी केहि बेर मन्दिरको भित्री परिसरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मन्दिर, जानकी नवमी लगायतका विषयमा जानकारी गराउने छन् । प्रसाद ग्रहणपछि राष्ट्रपति भण्डारी बाहिरको परिसरमा आयोजित समारोहमा सम्मान र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनी बिहान करिब साढे ११ बजे राजधानी फर्किने बताइएको छ । १२ बजे मन्दिरमा विशेष पुजा आरतीको कार्यक्रम रहेको र त्यसमा भारत र नेपालका विभिन्न स्थानहरुबाट आएका सन्तमहन्थहरुको सहभागिता रहने उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए ।

राष्ट्रपति आउने मार्गको सफाई जनकपुरधाम उपमहानगरपालिकाले राती नै प्रारम्भ गरेकोछ । सुरक्षाको कडा व्यवस्था गरिएको छ । मन्दिर भित्र र बाहिरको परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो पिरचालन गरिएको छ ।

२०७४ सालको रामजानकी विवाहमहोत्सवमा पहिलो पटक राष्ट्रपति भण्डारी जानकी मन्दिर आएकी थिईन् । त्यो भ्रमणलाई तत्कालिन आन्दोलनकारीहरुले विरोध गर्दा दिनभरि जानकी मन्दिरको स्थिति तनावग्रस्त बनेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.