जाजरकोटमा लडेर दुईको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 11 | 02:46 pm 3152

जाजरकोट, असोज २५  : जिल्लाको बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज बिहिबार घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । भीरालो ठाँउमा घाँस काट्दा खेरी चिप्लिएर उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिएका छन् ।

त्यस्तै जाजरकोटकै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको पनि लडेर मृत्यु भएको छ । स्थानीय सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले दिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.