जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

| 2022 Dec 12 | 08:13 pm 1801

जाजरकोट, मङ्सिर २६ः जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा जीप चालक दैलेख भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन् ।

यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ ।

यस्तै दुई वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगञ्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । डागाड नगरपालिका–५ का जैमान अधिकारी गम्भीर घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.