जाजरकोट, साउन ८ः सुत्केरी भएको पाँच घण्टापछि जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बारेकोट गाउँपालिका वडा नं ७, सुवाकोटकी २१ वर्षीया मनकुमारी परियार रहेका छन् ।
उनको स्वास्थ्य चौकी सेपुखोलामा मृत्यु भएको हो ।
स्वास्थ्य चौकी सेपुखोलाकी अनमी मीरा शाहीले सामान्य अवस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढेको र उपचार गर्दागर्दै मृत्यु भएको बताइन् । बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बारकोटको सेपुखोला स्वास्थ्य चौकीमा २०७५ देखि अहिलेसम्म ९ सय ९२ जना सुत्केरी आमाहरुले सेवा लिएका छन् ।