जाजरकोट, फागुन ३०: सोमबार जाजरकोटको शिवालय गाउँपालिकामा सुत्केरी व्यथा लागेकी एक गर्भवतीको मृत्यु भएकाे छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका – ४ की २५ वर्षीया विर्मा रावत रहेकी छन् । उनको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए ।
व्यथा लागेर थला परेकी उनको अत्यधिक रक्तस्राव भएपछि स्थानीय स्वास्थ्य चौकीमा लगिए पनि स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको अध्यक्ष शाहीले बताए । नजिकै सुरक्षित प्रसूति सेवा नपाउँदा उनले ज्यान गुमाउनु परेको स्थानीयले बताए।