ललितपुर, भदौ ३०ः जनता समाजवादी पार्टी, नेपालको मगरात समन्वय समिति गठन गरिएको छ । नवलपुर जिल्लाको कावासोतीमा आयोजित पुनर्गठन तथा विस्तारित बैठकबाट नेत्रबहादुर थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा तेजबहादुर थापा मगर, जीवन खाती, मीमा गुरुङ, चोपलाल रावल छन् भने मुख्य सचिवमा राम तामाङ सचिवमा विषम भुजेल, धनबहादुर गुरुङ, गंगाबहादुर थापा मगर र कोषाध्यक्षमा देव परियार रहेका छन् ।
समितिको सदस्यहरुमा चुडाराम परियार, चिनीमाया दरै, बसन्त थापा, पूर्णबहादुर घर्ती, भीम मगराती, इन्द्र छन्त्याल, खगीसरा राई मगर, दीपा राना, मीना नेपाली, अपसरा ठकुरी, नरेश थापा, देवीसरा पुलामी मगर, डोरबहादुर महतौ, जसबहादुर गुरुङ र चन्द्रबहादुर रहेका छन् ।
पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापा मगर र अतिथिको रुपमा राजनीतिक समिति सदस्यहरु आङकाजी शेर्पा कर्णबहादुर बुढा, रुद्र गुरु खगेन्द्र माखिम, बोम दर्लामी, राजनीतिक समिति सदस्य एवम् मगरात समन्वय समितिका इन्चार्ज महेन्द्र जिसी निर्मल, केन्द्रीय सदस्य श्याममाया पुन लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।