काठमाडाैं, मंसिर २४ः जवरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले २१ बर्षपछी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. १८ का ४१ वर्षीय राजु थापा रहेका छन् ।
मिति २०५५/०२/१२ गते थापाले आफ्नै नाता पर्ने ८ बर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी करणी गर्न नदिएमा मारिदिने र दिएमा १०/- रुपैयाँ दिने भनी घरको कोठामा जवरजस्ती करणी गरेको मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट थापाको हकमा ३ बर्ष कैद हुने फैसला भएको थियाे ।
यसै क्रममा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिबादीलाई झम्सीखेल, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी गराएकाे छ ।