जलहरी प्रकरणमा ढकाल सहित तीन जनाविरुद्ध मुद्दा दायर

| 2023 Oct 01 | 06:15 pm 2593

काठमाडाैं, असोज १४ । आरध्यदेव पशुपतिनाथ मन्दिरका लागि निर्माण गरीएको  सुनको जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पशुपति क्षेत्र विकास कोषका  सदस्यसचिव डा. प्रदीप ढकाल,  हालका सदस्यसचिव डा. मिलनकुमार थापा र अरुण कुमार श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरु विरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।

पशुपति मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको प्रबन्ध गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संवेदनशली विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडी बढाउनुपर्नेमा सो नगरी सुन सम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट ईजाजत नलिइएको कालीगढको रुपमा काममा लगाई सुनको जलहरी निर्माण गरेको मुद्दा पत्रमा उल्लेख गरिएको आयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.