जब मैले तिमीलाई पहिलो……….

| 2023 Oct 28 | 11:56 am 2293

नाम -गोबिन्द राज ओझा (राजन)

जब मैले तिमीलाई पहिलो पटक देखे
ती नयनमा विश्वास भएको अनुमान गरे
यति सुन्दर छौ कि कसै सँग तुलना गर्न सकिँदैन
भगवान् सँग धेरै प्रश्नहरू सोधे कुनै उत्तर पाइन

तिम्रो मायाको जादुले म माथि हमला गर्‍यो
जिन्दगी कसरी चलेको छ सबै कुरा गर्नु थियो
जब म तिम्रो प्रेममा परे धेरै कुरा सिकेको छु
के रहेछ जिन्दगी तिम्रो नाम जपेर बसेको छु

मेरो चाहना तिमि मेरो भगवान् पनि तिमि हौ
जहिले जहाँ भए पनि मेरो माया तिमि थियौ
मेरो यो सानो हृदयमा धेरै भावनाहरू छन्,
कसम खाएर भन्छु, उनी धेरै लजालु छिन्

मनमा धेरै भाव छ, थोरै शब्दमा के भनूँ ?
तिमीलाई भन्न नसकेको कुरा आज फेरि कसरी भनूँ ?
तिम्रो माया पाएदेखि खुसी भएर बाच्न सकूँ
फेरी मायामा परेको छु अनि तिम्रै सपनामा जिउँदै छु

तिम्रो बारेमा सोच्न चाहन्छु, तिमीलाई माया गर्न चाहन्छु
के रहेछ जिन्दगी तिम्रो नाम जपेर बसेको छु
टाढा भए पनि तिमि मेरो साथको खोजीमा छौ
तिमी मेरो आफन्त होइनौ तर धेरै खास छौ

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.