जबरजस्ती करणी मुद्धाको फरार अभियुक्त निवेदन सहित प्रहरी कार्यालयमा

रिपोर्ट नेपाल | 2019 Jan 21 | 05:51 pm 2090

तनहुँ, माघ ७ : जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्त प्रहरी कार्यालयमा उपस्थित भएका छन् । उपस्थित हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर–८ का ३१ वर्षीय कृष्ण प्रसाद रेग्मी रहेका छन् ।

उनी सोही वडाका जननिर्वाचित वडा अध्यक्ष पनि हुन् । २०७५ असोज २९ गते शुक्लागण्डकी नपा वडा नम्बर–८ कै एक जना महिलालाई जबरजस्ती करणी गरेको भन्ने आरोप लागेका थिए ।

प्रहरीको निगरानीमा रहेका अभियुक्त कृष्ण प्रसाद रेग्मी २०७५ माघ ७ गते आज सोमबार निवेदन सहित यस कार्यालयमा उपस्थित हुन आएका छन् ।

अभियुक्तलाई कानुन बमोजिम पक्राउ पुर्जी गरी आजै तनहूँ जिल्ला अदातलबाट म्याद थप भई  आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.