उदयपुर, कात्तिक २६ः जबरजस्ती करणी मुद्धाका फरार रहेका एक अभियुक्तलाई प्रहरीले १० बर्षपछि पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा चौदण्डीगडी नगरपालिका ९ हडियाका ४६ वर्षीय कर्ण बहादुर राउत रहेका छन् ।
उनलाई जिल्ला अदालत उदयपुरको मिति २०६६ जेठ १४ गतेको फैसलाले जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैद सजाय फैसला भएकोमा हालसम्म फरार रहेका राउतलाई बिषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनकै घरबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
राउनलाई कैद भुक्तानका लागि जिल्ला अदालत पठाईएको जनाइएको छ ।