बारा, पुस २५ : जबरजस्ती करणी गरेको अभियोगमा फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर–४ का ३० वर्षीय श्रवन कुमार प्रधान रहेका छन् ।
जिल्ला अदालत बाराले उनलाई २०७४ असोज २९ गते जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैदका लागी फैसला गरेको थियो । फैसला पश्चात् उनी फरार रहेका थिए ।
अभियुक्तलाई २०७५ पुस २४ गते ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएको थियो ।
अदालतको आदेशले बमोजिम उनलाई तोकिएको जेल भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाईएको बुझिएको छ ।