जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2023 Jan 25 | 07:35 pm 2041

बर्दिया, माघ ११ः जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका -०३ बस्ने प्रकाश शाह रहेका छन् ।

सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०५६/०३/१३ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्दामा १  वर्ष ६ महिना कैद सजाय तोकिएकाे थियाे ।

तत् पश्चात् फरार उनलाई प्रहरी टोलीले मिति २०७९/१०/१० गते जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका-०१ भुरिगाउँ स्थित बाटोमा हिडिरहेको अवस्थामा पक्राउ गरी मिति २०७९/१०/११ गते सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय गुलरिया बर्दिया पठाईएको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.