जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 Jul 08 | 04:55 pm 1809

काठमाडाैं, असार २४ः जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले  पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा चितवन, साविक पिठुवा गा.बि.स. वडा नं. ७, हाल रत्ननगर न.पा. वडा नं. १५, पिठुवा, माधवपुर ५४ बर्ष भरत ढकाल रहेका छन् ।

मिति २०६९/१२/०३ गते  चितवन, साविक गोरखा न.पा. वडा नं. ९, छेपेटार स्थित तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ (रक्शी) सेवन गरी घरमा कोही नभएको मौका छोपि पीडित जाहेरवाला महिलाको घरभित्र पसी ती महिलालाई जबरजस्ती करणी गरेका थिए ।

उक्त मुद्दामा सम्मानित उच्च अदालत कास्की (तत्कालको पुनरावेदन अदालत कास्की)बाट
निज प्रतिवादी ढकाललाई ५ बर्ष कैद र रु. ५० हजार प्रतिवादीबाट पीडितलाई क्षेतिपूर्ति वापत भराई दिने ठहर भएको थियाे ।

फैसला पछी भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले खोजतलासको क्रममा चितवन, भरतपुर न.पा. १५ मा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.