जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2022 Mar 24 | 06:46 pm 1877

सुनसरी, चैत १०ः जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सुनसरी  बराह नगरपालिकावडा नं.१० बस्ने वर्ष ३६ का अर्जुन आचार्य भन्ने चुडामणी आचार्य रहेका छन् ।

उनले मिति २०७५ भदाै १४ गते काठमाडाैं महानगरपालिका वडा नं.-१८ ताम्सिपाखामा पीडितलाई बिबाह गर्ने भनि अनुचित प्रभाव र डर त्रास देखाई ईच्छा विपरित जबरजस्ती करणी गरेको कसुरमा सम्मानित उच्च अदालत पाटनको मिति २०७७ माघ २६ गतेको फैसलाले ७ वर्ष कैद ठहर भएको थियाे ।

उक्त सजाय वेरुजू रही फरार रहेकोले प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको टोलिले बिहीबार ईनरुवा, सुनसरीबाट पक्राउ गरी प्रतिवादीलाई आवश्यक कारवाहीको लागि आजै सम्मानित जिल्ला अदालत सुनसरीमा पठाईएको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.