काठमाडौं, फागुन ३ः जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–१ का ४० वर्षीय मिङ्तेम्बा शेर्पा रहेका छन् ।
उनलाई प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता श्यामकुमार महतोले जबरजस्ती करणी मुद्दामा पक्राउ गरेको जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शेर्पालाई सोमबार काठमाडौंको इचुङ्गुनारायण ठूलोभरेयाङ्गबाट पक्राउ परिएको प्रवक्ता महतोले बताए । पक्राउ परेका शेर्पालाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको समेत उनले बताए ।
जबरजस्ती करणी मुद्दामा पक्राउ परेका शेर्पालाई संखुवासभा जिल्ला अदालतले २०६१ चैत १० गते पाँच वर्ष कैद फैसला भएको थियो । साथै पीडित महिलले प्रतिवालीको अंश भागबाट आधा पाउने फैसला समेत अदालतले गरेको थियो ।