जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 14 | 12:51 pm 2084

उदयपुर,साउन २९ : जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१२ बस्ने २६ वर्षीय विकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ।

परियार समेतका ३ जनाले सोमबार सोही नगरपालिका-२ मोथिहायी बस्ने १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स १ ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका-१० स्थित हडिया जंगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ।

फरार रहेका अन्य २ जनाको प्रहरीले खोजतलास गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.