नवलपरासी (पश्चिम), फागुन ७ : सुस्ता गाउँपालिका–१ स्थित वनदेवीका ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५७ वर्षीय केवल चमार रहेका छन् । उनलाई आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यही फागुन ४ गते बालिका मिठाई किन्न भनि पसलतर्फ जादै गरेको अवस्थामा जबर्जस्ती समाती चमारले आफ्नै घरको ट्वाईलेटमा लगी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।