जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 12 | 04:41 pm 1904

धनकुटा, मंसिर २६ :  चौबिसे गाउँपालिका–५ हमेलाका ४ वर्षीया बालिकालाई मंसिर २४ गते बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका ४१ वर्षीय धन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाका बारेमा जानकारी पाउनासाथ अस्थाई प्रहरी बिट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.