ओखलढुंगा, भदाै २९ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घरको गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।