जबरजस्ती करणी गरेको अभियोगमा नगरकोटी पक्राउ

| 2023 Sep 03 | 01:26 pm 1933

ललितपुर, भदाै १७ ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरकोटीले ती किशोरीलाई सोही नगरपालिका-२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.