जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 21 | 05:58 pm 1937

झापा, भदाै २० ।  वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ का ४३ वर्षीय मोहन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका-८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले  पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.