प्युठान, साउन ७। मुलुकमा महिला हिंसा सम्बन्धी जति ऐन कानून बन्दै गइरहेका छन् त्यति त्यति महिला माथी हिंसाका घटनाहरु बढीरहेका छन् । विशेष गरी वलात्कारका घटनाहरु दिन प्रतिदिन बढीरहेका छन् ।
यसैक्रममा प्यूठानका एक युवकले आफूभन्दा एक वर्ष जेठी महिलालाई जबरजस्ती करणी गरेका छन् । रिपाेर्ट नेपाललाई प्राप्त समाचार अनुसार ऐरावती गाउँपालिका-५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापाले ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई ऐरावती गाउँपालिका-२ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।