रूपन्देही,असार १९ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका-४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई प्रहरीले पक्राउ गरेको छ । हरिजनले ती बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरि ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्लाको अदानचुली गाउँपालिका-३ फडेरा गाउँ बस्ने २७ वर्षीय जनक बुढालाई प्रहरीले पक्राउ गरेको छ । कामको शिलशिलामा बुबासँगै गाउँमा गएकी ती बालिकालाई शनिबार राति जनकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।