जबरजस्ती करणी गरेको अभियोगमा राजवंशी पक्राउ

रिपोर्ट नेपाल | 2022 Aug 02 | 05:48 pm 1857

मोरङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागुऔषध सहित पक्राउ तथा बरामद

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागुऔषध वनरेक्स ४८ बोतल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागुऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मधुवन नगरपालिका-५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, जहदा गाउँपालिका-२ हरीनगराबाट करिब ३६ किलोग्राम अवैध लागुऔषध गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुकेश गुरूङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई नेपालबाट भारततर्फ उक्त लागुऔषध लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, महदेवा गाउँपालिका-२ कजौलीबाट करिब १५ किलोग्राम अवैध लागुऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । प्र.१-०२-०४३ प १६२५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकल र बोरा छाडी व्यक्ति फरार भएपछि बोरा तालसी गर्दा उक्त लागुऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.