जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 09 | 03:31 pm 1313

झापा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ललितपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका-३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ

ईलाम, देउमाई नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ३ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय शम्भु लिम्बु र माई  नगरपालिका-८ महमाई बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश १-०३-००१ प १६५५ र को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरू ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीलाई देख्नासाथ भागेपछि प्रहरीले पछ्याउँदै गई उनीहरूलाई पक्राउ गरेको हो । साथै को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, अवैध लागूऔषध करिब १ ग्राम खैरो हेटोईन सहित पर्सा वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने २३ वर्षीय जवाद हुसेन मियाँ तेलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित रोशन होटलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले सिसिटिभि फुटेजको आधारमा चोरीमा शंकास्पद उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ बस्ने ४८ वर्षीय डिजेन राजबंशीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम, १ थान डिजिटल तराजु र नगद २ लाख ८४ हजार ७ सय ५० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ, तराजु र नगद फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनीउपर गरिएको सोधपुछ तथा अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा पाँचथर फिदिम नगरपालिका-७ बस्ने २२ वर्षीय सुजन गुरुङको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.