जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 17 | 08:07 pm 1760

झापा, असार ३ः १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-५ मदनबस्ती बस्ने २२ वर्षीय दिपु राजवंशीलाई  प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले किशोरीको घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.