पर्सा, माघ २१: १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरीया नगरपालिका ५ का ३६ वर्षीय राम बिनय साह रौनियार रहेका छन् । उनलाई मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
गत शुक्रबार दिउँसो किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि उनलाई ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।