जबरजस्ती करणी गरेकाे अभियाेगमा एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 May 03 | 03:52 pm 2216

दाङ, बैशाख २१ः जबरजस्ती करणी गरेकाे अभियाेगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङ दगिशरण गाउँपालिका ८ चखाैराका २२ वर्षीय सचिन चाैधरी रहेका छन् ।

चाैधरीले शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएकी दाङ शान्तिनगर गाउँपालिका ४ हिरापुरकी १५ वर्षीया नाम परिवर्तीत कलाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चाैकी बालापुरबाट प्रहरी टाेली खटी खाेजतलास गर्दा चाैधरीलाई दगिशरण गाउँपालिका ८ चखाैरामा लुकिछिपी भाग्दै गरेकाे अवस्थामा पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे हाे ।

पक्राउ परेका चाैधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याई मुलुकी अपराध संहिता अन्तरगत २०७४ काे परिच्छेद १८ काे दफा २१९ करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही भइरहेकाे बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.