जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी पक्राउ

| 2022 May 26 | 06:34 pm 1721

काठमाडाैं, जेठ १२ः जबरजस्ती करणी गरी हालसम्म फरार रहेका एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ
गरेकाे छ । पक्राउ गर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. ५ स्थित ब्लुमिङ् लोटस् ईङगलिस् स्कूलका
प्रिन्सीपल बर्ष अं. ३६ का राज खड्का भन्ने राज कुमार खड्का रहेका छन् ।

उनले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ बर्षीय छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी मिति
२०७४/०४/२६ गते जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १० स्थित घोपा क्याम्प जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा पु-याई स्कूल रेष्टिकेट गरिदिने भनी धम्क्याई दिनको जबरजस्ती करणी गरेका थिए ।

उक्त कार्य पछि छात्राले स्कूल छाडी अर्कै स्कूलमा पढीरहेकी निज छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिदै जबरजस्ती करणी गरेको भन्ने पीडितले मिति २०७५/०५/०२ गते जिल्ला प्रहरी कार्याललय सुनसरीमा दिएको जाहेरी दरखास्त पछि हालसम्म फरार भई लुकिछिपि
काठमाडौं टोखा न.पा. स्थित वानियाटरमा डेरामा बस्ने खड्कालाई यस कार्यालयबाट परिचालित प्रहरी टोलिले मिति २०७९/०२/१२ गते त्रिपुरेश्वर, काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाईएको बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उल्लेखित जबरजस्ती करणी मुद्दाको अनुसन्धान सम्पन्न भई सम्मानित सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएकोमा भागी फरार निज प्रतिवादीको हकको यो मुद्दा मुल्तवीमा रहेकोले पक्राउ प्रतिवादीलाई थप कारबाहीको लागि सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईने समेत जानकारि ब्यूराेले दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.