उदयपुर, जेठ १८ः २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-८ उत्राईटोलमन २५ वर्षीय प्रकाश दनुवार रहेका छन् । उनलाई शनिबार साँझ पक्राउ गरेको प्रहरीले जानकरी दिएकाे छ ।
महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टाेलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।