जबरजस्ती करणी आरोपमा तामाङ पक्राउ

| 2019 Mar 27 | 01:13 pm 2536

झापा, चैत्र १३ : जिल्लाको कमल गाउँपालिका–२ समयगढका २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिए । तामाङले घर नजिकैको मकैबारीमा लगेर मंगलबार जबरजस्ती करणी गरेको युवतीका बुबाले प्रहरीमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.