झापा, मङ्सिर ९ : एक युवतीलाई जबरजस्ती करणीको आरोपमा झापामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको कचनकबल गाउँपालिका २ स्थित मागुरमावी निवासी २० वर्षीय भीम गुरुङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार राति छिमेकीको विवाहमा नाचगानमा गएकी ती युवतीलाई ललाइफकाई चिया घारीमा लगेर गुरुङले जबरजस्ती बलात्कार गरेको पीडित युवतीका आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
सोही जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका गुरुङलाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।