जन्मजात अपाङ्गता भएकी अस्मिताकाे लागि १ लाख ५० हजार उपचार खर्च हस्तान्तरण

रिपोर्ट नेपाल | 2018 Nov 17 | 01:07 pm 2341

गोरखा, मङ्सिर १ : जन्मजात अपाङ्ग गोरखा पालुङटार नगरपालिका- २ की अस्मिता नेपालीको उपचारको लागि फेसबुकबाट अभियान चलाएर उठेको १ लाख ५० हजार हस्तान्तरण गरिएको छ । शुक्रबार गोरखाको सदरमुकाममा भएको एक कार्यक्रममाबीच अस्मिता नेपालीको बुवा सुरजी नेपालीलाई अभियानबाट उठेको १ लाख ५० हजार हस्तान्तरण गरिएको हो ।

Image may contain: 11 people, people smiling, people standing

सामाजिक सञ्जाल फेसबुकमा सामाजिक अभियन्ता वर्षा ढकाल र दिनेश नेपालीले अस्मिता नेपाली बचाऊ अभियान नै चलाएर यो रकम उठाएका थिए ।विगत २ महिना देखि यो अभियान सञ्चालन गरिएको भन्दै सामाजिक अभियन्ता दिनेश नेपालीले बचाऊ अभियानले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे । सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै यस्ता अभियानलाई निरन्तरता दिने समेत बताए ।

१२ वर्षकी अस्मिता शारीरिक अपाङ्गताको कारण ओछ्यान बाहेक अरू कुनै संसार देखेकी पनि छैनन् । उनको दिशा-पिसाब देखि सबै ओछ्यानमा नै हुने गर्दछ । पाँच सन्तानको परिवार आमा मधेसी मुलुकी राम्रोसँग नेपाली बुझ्न पनि नसक्ने अवस्था छ ।

Image may contain: 8 people, people smiling, people standing

यति मात्र होइन, हजुरबुवा मूत्र थैलीको बिरामी हुन् भने बुवा कुस्ट रोगको बिरामी यो परिवारले कसरी गर्ला अपाङ्ग बालिकाको हेरचाह, कसरी चलेको होला परिवार १ पाँच जना सन्तान पनि कोही लुला-लँगडा त कोही बहिरा पनि छन् । सबै सन्तान एक न एक रोगले ग्रस्त छन् । यो परिवारको आए श्रोतको रूपमा हजुरबुवाको वृद्ध भत्ता बाहेक अरू केही छैन ।

Image may contain: 1 person, sleeping

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.