जनकपुर, मंसिर २६ : भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा विशेष पुजा गरेका छन्।
विशेष विमानमा बुधबार बिहान जनकपुर विमानस्थालमा अवतरण गरी जानकी मन्दिर पुगेका हुन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई संघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत यहाँका मन्त्रीहरुले स्वागत गरेका थिए ।
मुख्यमन्त्री योगी विमानस्थलबाट केही समय अघि मात्रै जानकी मन्दिर पुगेका छन्। उनले त्यहाँ जानकीको सामान्य पुजा गरेर मन्दिर परिक्रमा गरेका थिए। उनी अहिले प्रदेश सरकारले आयोजना गरेको भण्डारा तर्फ लागेका छन्।
आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
योगीको ४ बजे तिर फर्कने कार्यक्रम रहेको छ।