जनसंख्याको आधारमा बजेट बिनियोज गर्न खोजेको भन्दै वडा अध्यक्षद्धारा दुःख ब्यक्त

रिपोर्ट नेपाल | 2019 Jun 22 | 06:24 pm 1751

  • तिलाचन पाण्डे

गुल्मी, असा ७: जनसंख्याको आधारमा बजेट बिनियोजन गर्ने लागिएको भन्दै रेसुंगा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शेर बहादुर पहराइले दुःख ब्याक्त गरेका छन् ।

आर्थिक बर्ष २०७६ । ७७ मा नगरपालिकाबाट बिनियोजन हुन लागेको बजेटमा जनसंख्यालाई आधार मानेर बजेट बिनियोजन गर्दा त्यसै त नगरपालिकाको विकट र प्राय जनजाति बस्ती रहेको पराल्मीमा भौतिक पूर्वाधार र खानेपानीका समस्या रहेको बस्तीमा यसरी बजेट बिनियोजन गरे १४ नम्बर वडा दशौ बर्ष अझै पछाडी धकेलीने पहराईले दाबी गरे ।

२०६८ को जनगणना अनुसार २८९५ जनसंख्या ६९५ घरधुरी रहेको पराल्मीमा सदरमुकाम तमघास देखि वडा कार्यलय सम्मको दुरी १३ किलोमिटर दुरीमा रहेको वडामा अझै सात वटा बस्तीहरुमा अझै मोटरबाटो पुग्न सकेको छैन ।

वडामा रहेका बस्तीहरुमा सिम्स्यार, सुनारटोल, मारादी, नयाँगाउँ, चोक्टे, जामुनपाटा, चोनका बस्तीहरुमा अझै मोटर बाटोले छुन सकेको छैन त्याहाँका जनताहरुले गाडी चड्नका लागि घन्टौ लगाएर पैदल यात्रा मार्फत हिड्न बाध्य भएका छन् ।

प्राय जनजाती बस्ती रहेका स्थानहरु र नगरपालिकामा अझै पनि सडक संजालले नछुनु दुःखद पक्ष भएको वडा अध्यक्ष पहराइले बताए ।

वडाको विकासका निम्ति पटक पटक नगरपालिकाको, कार्यपालिकाको बैठकमा आवाज उठाए पनि समाधान नभएको र हामी पराल्मीको समस्यामा गम्भिर छौ भन्दै नगर प्रमुखले टाल्ने काम गरेको पहराइले आरोप लगाए ।

यति मात्रै नभई पराल्मी बासीहरुका लागि खाने पानीको समेत समस्या रहेको र बिधुतका पोलहरु प्राय काठका रहेको र जीर्ण अवस्थामा रहेको पहराईले बताए । अझै पनि त्यहाँका केही स्थानीयहरु कँुवाको पानी पिउन बाध्य भएका छन् ।

नगरपालिकाले समानुपातिक रुपमा बजेट बिनियोजन भन्दा पनि विकास, पुर्वाधारका समस्याहरुलाई ध्यान दिएर बजेट बिनियोजन गरेमा मात्र न्याय हुने वडा अध्यक्ष पहराईको भनाई रहेको छ ।

वडा कार्यलयमै सेवा लिन जान तीन घण्टा पैदल यात्रा
नगरपालिकाको १४ नम्बर वडा पराल्मीको रातामाटा भुतुसे देखि वडा कार्यलयमा सेवा लिन जानका लागि अझै पनि तीन घण्टा पैदल यात्रामा आउन बाध्य भएको स्थानीयहरुले बताएका छन् ।

रातमाटाकै ५० बर्षिय खिम बहादुर रजालीले अझैपनि नगरपालिकाको वडा कार्यलयमा सेवा लिन जादा तीन घण्टा पैदल यात्रामा हिडन बाध्य भएका छौ के को सिहंदरवारको अधिकार गाउँमा भन्ने त्यो पनि नगरपालिकाको वडामै यस्तो समस्या छ ।

पराल्मीको समस्या समाधानका लागि स्थानीय सरकार मौन रहेको रजालीले आरोप लगाए । रातामाटामा वडाको शाखा कार्यलय राख्नका लागि वडा अध्यक्षले पहल गरेता पनि नगरबाट आश्वासन आएको कार्य अगाडी नबढेको बताए ।

यता रेसुंगा नगरपालिकाका प्रवक्ता पदम अर्यालले पराल्मीका लागि अन्य वडाहरुमा भन्दा धेरै बजेट बिनियोजन गर्ने पक्षमा रहेको र जति गर्नुपर्दथ्यो त्यती विकास गर्न नसकेको स्विकार गरे ।

त्यहाँको समस्या समाधानका लागि केन्द्र सरकारसँग पनि समन्वय भएको भन्दै आगामी वर्ष विकासले फड्को मार्ने गरी काम गर्ने बताए । अन्य वडाहरुमा भन्दा पराल्मीलाई केन्द्रमा राखेर बजेट बनाउने अर्यालले दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.