जनता समाजवादी पार्टी नेपालद्वारा लहानमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2020 Oct 11 | 01:53 pm 3341

  • महेश सिंह

सिरहा, असोज २५ः लहान नगरपालिका २४ मा जनता समाजवादी पार्टी नेपालद्वारा दशैं, दिपावली तथा छठ पर्वको अग्रिम शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

No description available.

शुभकामना अदान प्रदान कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य भरत साहले बोल्दै नेपालको सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको बताए। विकास निर्माणको काम सुस्त गतिमा रहेको पनि बताए ।

पार्टीका कार्यकर्ताहरुमा सचेत गर्दै कांग्रेस, नेकपालगायतका पार्टीलाई मधेसबाट लखेटनु पर्ने जरुरी रहेको साहले बताए।

No description available.

विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपालका युवा नेता राम चलितर महतोले भने मधेसमा अरु पार्टी भन्दा हाम्रो पार्टी, नेपालमा पहिलो पार्टी बन्न तिर अग्रसर भईरहेको बताए।

कांग्रेस र कम्युनिस्टको अबस्था दिन प्रति दिन खस्किदै गरेको अबस्था छ । अगामी चुनावमा मधेसको सम्पूर्ण जिल्लाहरुमा हाम्रो पार्टीको सरकार रहने दाबी गरे।

No description available.

तपाईं हामी सबै कांग्रैस र कम्युनिस्टको भुल भुलैयामा परेर पछी परेको महतोले बताए। उनले किसानहरुको समस्याको बारेमा चर्चा गरेका थिए।

No description available.

कार्यक्रम युवा नेता शितल साहको अध्यक्षतामा भएको थियो । अन्य अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर प्रसाद गुप्ता, पार्टीका क्षेत्रीय उपाध्यक्ष राम उदगार महतो, नेतृ ललिता ठाँकुर, नेपाल पोस्ट दैनिक तथा प्रेस मंच नेपाल सिरहाका अध्यक्ष महेश सिंह, फुलवारी सन्देश अन्लाईनको पत्रकार सम्भु चौधरी, पत्रकार अनुभक्त चौधरी, युवा नेता राम बलि यादव, दिपक महतो, ओम प्रकाश महतो, राम बहादुर यादव, लगन पासवानलगायत ब्यक्तिहरुले आउदै गरेको दशैं, दिपावली तथा छठ पर्वको शुभकामना एक आपसमा अदान प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.