काठमाडाैं, मंसिर १५ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग गर्दै अाज माइतीघरमा प्रदर्शन भएको छ । सरकार एनजिअाेकाे कार्यक्रम (एसिया प्यासिफिक समिट) मा व्यस्त भइरहेका बेला प्रदर्शनकारीहरुले निर्मला पन्तका हत्यारालार्इ तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कारीलाई फाँसी दे, निर्मलालार्इ न्याय दे लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘सरकार भेटियाे
, न्याय भेटिएन’ लेखिएका पाेस्टर प्ले कार्ड बाेकेका छन् । उनीहरुले शान्ति सुरक्षा र न्याय दिन नसक्ने गृहमन्त्रीको राजिनामा समेत माग गरेका छन् ।
प्रदर्शनमा विभिन्न राजनीतिक दल सम्बद्ध व्यक्ति तथा स्वस्फूर्त जनसहभागिता रहेकाे छ । जसमा विबेकशील साझा पार्टीका उज्वल थापा, रन्जु दर्शना र नयाँ शक्ति पार्टीकी मानुसी यमी भट्टराईलगायत रहेका छन् । प्रदर्शन स्थलमा सुरक्षाका लागि बाक्लाे मात्रामा प्रहरी खटाइएकाे छ ।
