जनताको स्वास्थ्यको ख्याल गर्दै नेता खतिवडा गाउँ पुगे

रिपोर्ट नेपाल | 2020 Oct 29 | 12:30 pm 2321

ओखलढुङ्गा, कात्तिक १३ः प्राय नेपालका जंगल र खरबारी वरिपरी प्रशस्त पाइने गुर्जोको विषयमा यस अघि खासै चासो नदेखाइए पनि अहिले भने यो जडिबुटीको महत्व ज्यादै बढेर गएको छ ।

विगतमा यसको प्रभाव बारे धेरैलाई थाहा नभएका कारण महत्व त्यती दिइदैनथ्यो । कोरोना महामारीले आक्रान्त बनेपछि यसको प्रभाव बारे बल्ल सबैलाई थाहा हुन थालेको छ ।

अहिले आफन्तलाई कोसेली पठाउनु पर्दा गुर्जो पठाउने गरिएको छ । र यसको व्यावसायिक खेती पनि शुरु गरिएको छ । यसै क्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार बडादशैँको अवसर पारेर गृहजिल्ला पुगेका नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुर्जो खेतीका लागि बेर्ना वितरण गरेका छन् ।

रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि समेत उपयोगी हुने भएकाले मानेभञ्ज्याङ सुनकोशी र सिद्धिचरणका विभिन्न वडामा गरेर तीन हजार बिरुवा रोप्ने कार्यक्रम रहेको बताइएको छ ।

वितरण गरिएको वडाहरुको हावापानी राम्रो भएकाले मागेर नभई खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँगाउँमा गुर्जोका बिरुवा वितरण गरिएको नेता खतिवडाले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.