जनताकाे आवाज सुन्न रास्वपाले तोक्यो सम्पर्क सांसदको जिम्मेवारी

रिपोर्ट नेपाल | 2023 Jun 28 | 07:33 pm 2181

काठमाडौँ, असार १३ । पार्टी स्थापना भएको वर्ष दिन मात्रै पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो अवधिमै देशभर आफ्नो संगठन विस्तार गर्न सफल भएको छ । गठन भएको ६ महिनामै राष्ट्रिय निर्वाचनमा राम्रो सफलता हासिल गरेको रास्वपाले जनताको आवाज कार्यकर्ताले र कार्यकर्ताको आवाज सांसदले सुन्नका लागि ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी तोकेको छ । बेथिति, भ्रष्ट्राचार, विकास योजना जस्ता समस्या भएमा सांसदहरूलाई सम्पर्क गर्न सकिने रास्वपाले जनाएको छ ।

रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसंँग देशभरका सचेत नागरिकहरूले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयन मार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौं ।

अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देशहरु ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।

कसको जिम्मेवारी कुन जिल्लामा

१. श्री रवि लामिछाने ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता

२. श्री डोल प्रसाद अर्याल ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली

३. श्री विराजभक्त श्रेष्ठ ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा

४. श्री सन्तोष परियार ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

५. श्री निशा डाँगी ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान

६. श्री मनिष झा ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ

७. श्री गणेश पराजुली ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

८. श्री सोबिता गौतम ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

९. श्री सुमना श्रेष्ठ ९८०१०८३५५२ रसुवा, काठमाडौँ, रुकुम ९पूर्व०, रुकुम ९पश्चिम०

१०. डा। तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

११. श्री शिशिर खनाल ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी

१२. श्री हरि ढकाल ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

१३. डा. स्वर्णिम वाग्ले ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ

१४. डा.चन्दा कार्की ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

१५. श्री असिम शाह ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,

१६. श्री लक्ष्मी तिवारी ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके,

१७. श्री अशोक कुमार चौधरी ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

१८. श्री शिव नेपाली ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की,

१९. श्री बिनिता कठायत ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

२०. श्री विन्दबासिनी कांसकार ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.