पाल्पा, साउन २०: बिगत केहि समय यता रामपुर तथा बजार आसपासको ईलाकामा दैनिक जसो सवारी दुर्घटनाहरु हुने गरेको तथ्यलाई मनन गरी ईलाका प्रहरी कार्यालय रामपुरले रामपुर नगरपालिकाको सहयोगमा नगरपालिका क्षेत्र अन्तर्गत पर्ने बजार ईलाकालाई प्राथमिकतामा राखि बिभिन्न १० स्थानहरुमा गति सीमित सचेतना बोर्डहरु राखेको छ ।
नगरपालिकाको किसनबारी, बेजाड बजार चोक, बाङेपसल मोड, सदाबर्त चोक, ठाडो गल्ली लगायतका स्थानहरुमा ती बोर्डहरु राखिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।
बिशेष गरि सवारी चालक अनुमती पत्र बिना सवारी साधन चलाउने र अत्यधिक गतिमा सवारि चलाउनेहरुबाट बिगत समयहरुमा सवारी दुर्घटना हुने गरेको तथ्यका बीच यो अभियान सुरु गरेको र आगामी दिनहरुमा नगर क्षेत्र बाहिर र रामपुर आर्यभञ्ज्याङ सडक खण्डमा समेत अन्य निकायहरुको सहकार्यमा त्यस्ता खालका सचेतना बोर्डहरु राख्ने कार्यलाई निरन्तरता दिइने निरीक्षक पाण्डेले बताए ।