जनकपुर एक बालिका मृतावस्थामा फेला

रिपोर्ट नेपाल | 2020 Jul 03 | 03:40 pm 2192

धनुषा, असार १९ः दुई दिनदेखि बेपत्ता एक बालिका मृतावस्थामा फेला परेकी छन् । फेला पर्नेमा १० वर्षीया कन्चनकुमारी पजियार रहेकी छन् ।

जनकपुर उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको दूधमती नदीको किनारामा खेतमा मृतावस्थामा फेला शुक्रबार बिहान परेकी हुन् ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

परिवारले बालिका बेपत्ता भएसँगै खोजतलासी गरेको थियो तर कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यता घटनामा संलग्न हुन सक्ने आशंकामा गाउँकै शमसानमा बस्ने एक अघोरीलाई गाउँलेले नियन्त्रणमा लिई धनुषा प्रहरीलाई जिम्मा लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.