जडिबुटी क्वारेन्टाइनमा रुडुक कैलालीद्वारा २५ थान पंखा सहयोग

| 2020 Jun 27 | 04:56 pm 3277

कैलाली, असार १३ः ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीले धनगढीस्थित जडिबुटी प्रशोधन केन्द्रमा बनाइएको आइसोलेसनमा २५ थान पंखा वितरण गरेको छ।

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको आर्थिक सहयोगमा क्वारेन्टाइनमा रहेकाहरूको बसाइ सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको रुडुक कैलालीकी सचिव सुनिता रानाले बताइन्।

रुडुक कैलालीकी अध्यक्ष ममता शाहले धनगढी उपमहानगरका मेयर नृप वडमार्फत सामना प्रदान गरिएको रुडुककी कोषाध्यक्ष प्रमिला लम्सालले बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.