नवलपरासी, साउन १० । जङ्गली च्याउ पकाएर खाँदा नवलपरासीमा दुईजनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा बाैदिकाली – ६ का ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आले रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । उमाकुमारीकाे चितवन मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे भने लिलाकाे उपचार सम्भव नभए पछि घरमा ल्याएपछि मृत्यु भएकाे हाे ।
जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन् । बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।