जङ्गलबाट सल्केको डढेलोले २ घर जले

रिपोर्ट नेपाल | 2023 Mar 07 | 07:47 am 1185

पाँचथर, फागुन २३ः जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन् । कुम्मायक गाउँपालिका १ साठीमुरे जङ्गलमा अज्ञात व्यक्तिले लगाएको डढेलो गाउँमा पस्दा स्थानीय वसन्तकुमार राई र उहाँका छोरा छत्रबहादुर चाम्लिङ राईको घर जलेका हुन ।

आगलागी सोमबार साँझ ६ बजे सुरु भएको थियो । नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरीले प्रयास गरे पनि पर्याप्त पानीको अभावमा सम्भव नभएको प्रहरीले जनाएको छ । दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार आगो लाग्दा घर सहित अन्न, कपडा, भाँडा बर्तन नगद र सुन जल्दा २५ लाख रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.