जग्गा फुकुवा गर्न लहान बासीको मागः नगरे आन्दोलन गर्ने चेतावनी

रिपोर्ट नेपाल | 2020 Jul 29 | 11:20 am 2479

  • महेश सिंह

सिरहा, साउन १४ः जिल्लाको लहान नगरपालिका भित्र रहेका गाउँ ब्लक र बाल बिटौरी जग्गा फुकुवा गर्न सरकारलाई आग्रह गरेका छन् ।

No description available.

लहान नगर भित्र रहेका जग्गाहरुलाई नेपाल सरकारले २००४ सालमा गाउँ गाउँमा नापी खटाएको थियो । २००४ सालमा नापी गरी जम्मा बन्दी श्रेस्ता कायम गरेको छ ।

लहान नगरपालिका भित्र रहेका ब्लक र बाल बिटौरी जग्गा फुकुवा गर्न लहान संघर्श समितिले, जग्गा धनीहरुले पटक पटक जग्गा फुकुवा गर्न दबाब मुलक कार्यक्रमहरु गर्दै आएका छन् ।

जग्गा फुकुवा गर्न उनीहरुले बिगतको बर्षहरुमा पनि विभिन्न किसिमको दबाब मुलक कार्यक्रमहरु गर्दै आएको बाल बिटौरी तथा गाउँ ब्लक जग्गा संघर्ष समिति लहानका संयोजक बिजय गुप्ताले बताए ।

No description available.

यि जग्गाहरु लहानबजारको सबैभन्दा महंगो र मेनठाउँको जग्गा भएको उपभोक्ताहरु मारमा परेका छन् । यि जग्गाहरु लहान बजारको सिंंगराही, मटिअर्वा, बैरिया, गोपालखोनहि, रघुनाथपुर लगायतका ठाउँमा रहेका छन् ।

श्री ५ को सरकार २०१० सालमा भन्सार बिभागबाट बाल बिटौरी लगाउने गरी जग्गा नापी गरेका थिए ।

उक्त जग्गाको नापी श्रेस्ता कायम गरी सोहीको आधारमा हुनुमानगर भान्सार कार्यालय अन्तरगत पर्ने लहान छोटि भन्सार कार्यालय मार्फत लागतका अधारमानी बार्षिक रूपमा बाल बिटौरी जग्गाको असुल तहंसिल गर्न आएको थियो ।

नेपाल सरकारले भन्सार कार्यालयहरुलाई बोडर छेउ सिमा झाझपटिमा सारेको थियो । कार्यालय सार्दा लागतका आधारमा बार्षिक बाल बिटौरी असुल गर्न लहान बजार, आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तान्तरण भए अनुसार यो जग्गालाई हक हस्तान्तरण लागतका अधारमा दर्ता र हक भोग भएको र स्थानीय निकायको सिफारिसको आधारमा मालपोत कार्यालयबाट रजिस्टेसन पास भई मालपोत कार्यालयको जनाउपत्र अनुसार स्थानीय निकायले अभिलेखमा दाखिला खारेज गर्ने गरेको थियो ।

No description available.

उक्त जग्गालाई धनी दर्ता प्रमाण पुर्जा उपलब्ध नगराई विभिन्न बहानामा बाँकी रहेका जग्गाहरु मालपोत कार्यालय लहानले अध्याबधिक नगरी जग्गा धनी प्रमाणपत्र लालपुर्जा रोकेको छ । जग्गालाई मध्यनजर गरी अबिलम्ब सो जग्गाको प्रमाणपत्र लालपुर्जा वितरण गरी हक हस्तान्तरण समेत हुने संघर्ष समितिको जोडदार माग रहेको छ । जाग्गा फुकुवा नगरे हामी चरणबद्ध आन्दोलनमा जाने संयोजक बियज गुप्ताले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.