जग्गाको विवादले टाउको फुटायो

रिपोर्ट नेपाल | 2018 May 29 | 09:34 am 3654

जनकपुधाम १५, जेठ : जग्गासम्बन्धी विवाद हुँदा कोदालोले हानेर तीन जना घाइते भएका छन् । क्षिरेश्वरनाथ नगरपालिमा वडा नम्बर ८ दिगम्वरपुरमा जग्गाको विवाद हुँदा सत्यनारायण महतो, देव नारायण महतो र उदय महतो घाइते भएका छन् ।

सोही ठाउँका महावीर साह र उनका छोराहरू सुनिल साह र विनोद साहले महाेतलाई कोदालोले हानेका थिए । कोदालोले हान्दा महतकाे टाउकोमा गम्भीर चोट लाग्नुकाे साथै शरीरको अन्य भागमा समेत चोट लागेको छ ।

उनहरूको उपचार जनकपुुर अञ्चल अस्पतालमा भइरहेको छ । तीनजनामध्ये सत्यनारायण महतो गम्भीर घाइते भएका छन् । महतोको जग्गा महावीरले मिचेको थियो । महावीर आफैँले जग्गा मिच्दैँ महतोलाई धम्की दिँदै आएका पीडित बताउँछन् । पीडितले जिल्ला प्रहरी कार्यालय धनुुषामा समेत शान्ति सुरक्षाकोलागि निवेदन दिएका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश कुुमार सिंहका अनुसा जग्गा सम्बन्धी विवाद हुदाँ कुटाकुुट भएको हो। महावीरले आफ्ना छोराहरूलाई कुट्न भनेपछि छोराहरूले महतोलाई कुटेको निरीक्षक सिंहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.