जगदीशपुर ताल देशकै नमुना बन्छ : मुख्यमन्त्री केसी

रिपोर्ट नेपाल | 2022 Jul 17 | 07:27 am 1157

कपिलवस्तु, साउन १ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जगदीशपुर ताल देशकै नमुना बन्ने बताएका छन् । शनिवार लुम्बिनी प्रदेशको बन तथा वातावरण मन्त्रालयले आयोजना गरेको मानवनिर्मित जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् । ‘ताल त नेपालमा अनेकौं छन् । जगदीशपुर फेवा ताल, नैनी ताल जस्तो भए के अर्थ रहन्छ र ? चराहरुको ताल भएकै कारण यसको महत्व बढी हुन पुगेको हो । हामी यहीँ गर्ने गरि अगाडी बढेका छौं, मुख्यमत्री केसीले भने, ‘अब आन्तरिक रोजगारीका बाटाहरु मात्र यहाँ खुल्ने छैनन्, देशकै नमुना जगदीशपुर ताल बन्ने छ ’ उनले भने।

मुख्यमन्त्री केसीले मानव निर्मित जगदीशपुर ताल ओझेलमा पर्दै आएको भन्दै अब यसको मुहार फेरिनेमा उनले विश्वास व्यक्त गरे । बर्ड स्याङचुरी घोषणा गर्दै जगदीशपुरको भाग्य चम्किएको दाबी गरेका मुख्यमन्त्री केसीले भने, ‘अब जगदीशपुर तालमा संसारभरका पर्यटक मात्र आउँदैनन्, पाहुना चरा पनि आउँछन् । यहाँ आउनेहरुलाई अर्कै संसारमा आएजस्तो गरि प्रदेशले विकास गरेर देखाउँछ ।’

जगदीशपुर ताललाई पर्यापर्यटकीय हिसाबले विकास गर्न खोजिएको भन्दै ताल नेपालमा अनेकौं रहेको तर यसको महत्व अरुमा भेटाउन नसकिने उनले बताए । जगदीशपुरको जीवन अब प्रदेशको बन मन्त्रालयले बदल्ने उनले ठोकुवा गरे ।

कार्यक्रममा बन तथा वातारण मन्त्री हमालले जगदीशपुर तालमा आगामी बर्ष धेरै परिवर्तन भएको देख्न सकिने गरि काम हुनेमा विश्वास दिलाए । मन्त्रालयले धेरै सुझबुझ गरि बर्ड स्याङचुरी घोषणा गरेको भन्दै यसले यहीँ क्षेत्रको विकासमा महत्वपूर्ण काम गर्नेमा उनले जोड दिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.