जंगी अड्डामा सांस्कृतिक कार्यक्रम

रिपोर्ट नेपाल | 2023 Feb 19 | 08:00 pm 1417

काठमाडौं, फागुन ७ः नेपाली सेनाको २६० औं वार्षिक उत्सवको अवसरमा आइतबार नेपाली सेनाले सांस्कृतिक कार्यक्रम तथा रात्रीभोजको आयोजना गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सेनाले जंगी अड्डामा सांस्कृतिक कार्यक्रम तथा रात्रीभोजको आयोजना गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपाली सेनाका सकलदर्जाले विभिन्न सांस्कृतिक तथा परम्परा झल्कने प्रस्तुति दिएका छन्। कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै संवैधानिक अंगका प्रमुख, जनप्रतिनिधि, कुटनीतिज्ञलगायतको सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.