जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

| 2021 Jul 26 | 05:58 pm 5113

सर्लाही, साउन ११ः साेमबार जंगली हात्तीको आक्रमणबाट एक जनाकाे  मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हरिवन न.पा.वडा नं. ४ गणेश चोक बस्ने ६२ वर्षीया तेतरी खातुन रहेकी छन् ।

उनलाई साेही ठाउँका आभाष रायको बिबाह घरमा जाने क्रममा अचानक जंगली हात्तीले आक्रमण गर्दा दाँया खुट्टा र पेटमा चोट लागि नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात उपचार थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरीएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे।

त्यसैगरी जंगली हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । बगमती न.पा.वडा नं. ४ रेल्वे नजिकै नामथर वतन नखुलेको मानसिक सन्तुलन ठिक नभएको, अं बर्ष ३५ को पुरुष ब्याक्तिलाई जंगली हात्तीले आक्रमण गर्दा बांया खुट्टा भांचिएको, बाँया कानमा चोट लागि घाईते भएको घाईते लाई उपचारको लागि नमुना अस्पताल हरिवनमा पठाएको, थप उपचारको लागि नारायणी उप-क्षेत्रिय अस्पताल वीरगंज रिफर गरीएको घाईतेको अबस्था मध्यम रहेकाे बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.